सत्तामा जान नपाएर कांग्रेस पानीबिनाको माछाजस्तो छटपटायो : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानी बिनाको माछा जस्तै छट्पटाएको बताएका छन् ।
प्रतिनिधिसभाको विशेष समयमा आइतबार बोल्दै उनले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको उनको दाबि गरे ।
‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’
नेपाली कांग्रसको व्यवहारहरु र निर्णयहरु बुझ्न असहज भएको र सरकारमा भएर अफ्नो कार्यभार समाल्न नसकेको ओलीको भनाई छ ।
ओलीले आफूहरू सत्ता लिप्सामा नभएको भन्दै देशमा राजनीतिक अनिश्चय बढ्दै जाने देखेर आफूहरु सरकार निर्माणको पहल गरेको बताए ।