नेपाली मिडियालाई तथानाम गालि गर्दै रविले भने ‘अर्को चुनावमा प्रधानमन्त्री बन्नेर देखाउछु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कसैले खेदेर नडराउने भन्दै आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्ने हिम्मत भएको दावि गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आइतवार आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले आउने चुनावमा प्रधानमन्त्री बनेर सरकारको नेतृत्व गर्ने बताएका हुन् ।
नेपाली मिडिया माथि गालिको बर्षा गरेका रविले भने,‘कसैसँग नडराई यो पार्टी चलाउँछौं । आउने चुनावमा सरकार बनाउने गरी,उपप्रधान र गृह होइन प्रधानमन्त्री बन्ने गरी यो पार्टी अघि बढाउँछौ । १२ भाइ सम्पादकलाई यसले तनाव हुन्छ होला, अनि पासपोर्ट भन्छन् । तर म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे पनि बहुलाए पनि रास्वपा चल्छ ।’
उनको पार्टीले सरकारबाट बाहिरिने निर्णय लिएको छ। रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ ।
रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।
नेपाली नागरिकता लिएपछि उनी उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका थिए । तर लगातार सम्वाद गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृह मन्त्रालय दिन तयार नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो ।
मन्त्रालय भित्रै डिल भयो सबैले मिलेर हटाईयो : लामिछाने
लामिछानेले आफूलाई मिडियाले नै चारैतिरबाट प्रहार गरेको र भित्र भित्रै डिल भएर आफुलाई हटाईएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा सभापति लामिछानेले केही मिडिया र सम्पादकको नाम लिँदै क्षमता भए आफूविरुद्ध चितवनमा चुनाव लड्न आउन चुनौती समेत दिएका छन् ।
‘मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे । यो देश मिडियाले चलाउँने होईन मिडियाले मिडियानै चलाउँन् हो । सिसि टिभि क्यामेराको फूटेज हटाईयो अस्पतालमा अकै व्यत्तिको नाम राखियो कानून र पकृया समान हुनु पर्ने पहँच र शत्तिको आधारमा सार्वजनिक घट्नालाई प्रहरीले गोप्य राख्यो गृह मन्त्रालयमा म गएको मन परेन डिल मिल्यो सबैले मिलेर हटाईयो । ’
नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैन : लामिछाने
लामिछानेले आफूले अमेरिकी राहदानी र नागरिकता नत्याग्दै नेपाली राहदानी (पासपोर्ट) लिए पनि आफूले त्यसको दुरुपयोग नगरेको दावी गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै स्थायी रुपमा नेपाल फर्किएपछि अत्यावश्यक कागजातहरु बनाउन थालेको उनको भनाइ छ ।
‘आफ्नो देशका लागि चाहिने पासपोर्ट बनाउँदै गर्छु भनेर सोझो चिताएर काम गरेको हुँ, त्यसको कुनै दुरुपयोग गरेको छैन । जुन दिन अमेरिकी पासपोर्ट र सिटिजनसिप (नागरिकता) बुझाएपछि मात्र त्यसबाट ट्राभल गरें ।’
अमेरिकाबाट नेपाल बस्ने गरी फर्केपछि नेपालमा बसोबास गर्दा चाहिने कागजातहरु बनाएको उनको भनाई छ ।