राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने नेपाली कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ ।
आईतबार नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराही स्थित सभापति निवासमा भएको संसदीय दल कार्यसमितिको बैठले उक्त निर्णय गरेको हो ।
बैठकमा नेपालको संविधानको धारा ९२ एवं राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ८ बमोजिम २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचनका सन्दर्भमा संघीय संसदमा रहेका विपक्षी दलहरुका नेताहरुसँगको छलफलमा समेत उम्मेदवारी नदिने सल्लाह भए बमोजिम बैठकले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको सचिवालयले जनाएको छ ।