एमालेले उठाएको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छः ओली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास भइरहेको बताउँदा नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने र राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।
संसद बैठकपछि बाहिरिने क्रममा सोधिएको प्रश्नको उत्तरमा ओलीले भने, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो । त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ ।’
उनले उक्त उम्मेदवार को भन्ने भने खुलाएनन् ।