उपसभामुखको निर्वाचन शनिवार हुने, उम्मेदवारी दर्ता भोली
काठमाडौँ । बिहीवार नयाँ सभामुख चुनिएसंगै उपसभामुखको चुनाव शनिवार हुने भएको छ । निर्वाचन तालिका अनुसार भोली शुक्रवार उम्मेदवारी दर्ता हुनेछ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले निर्देशन दिएका हुन् ।
जबराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बिहीबार नै उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका हुन् । उपसभामुख सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताइएको छ ।
बिहीबारको बैठकले सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेलाई निर्वाचित गरेको छ । उनको पक्षमा १६७ मत आएको छ भने कांग्रेसकी सांसद
ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरिन् । नेमकिपाका प्रेम सुवालले घिमिरेकाे पक्ष र विपक्षमा मत नदिई तटस्थमा मतदान गरेका थिए । सभामुखका लागि मतदानमा २६८ सांसद सहभागी थिए ।