एनआरएनए अमेरिका : सुर्य लम्साल पक्षको सदस्यता खुल्यो, बुद्दि सुवेदीको टुङ्गो छैन्
पेन्सिलभेनिया,अमेरिका/ गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकामा सुर्य लम्साल अध्यक्ष रहेको संघले सदस्यता खुलाएको छ।
तर संस्थापन भनिने बुद्दि सुवेदी नेतृत्वको समितिले भने सदस्यताबारे अझै ठोस निर्णय गर्न सकेको छैन्।
जवकी यस अगाडि अध्यक्ष सुवेदीले जनवरी एक तारिकबाट सदस्यता खुलाउने बताएका थिए।
लम्साल अध्यक्ष रहेको समिति मुलधारबाट चोइटिएर बनेको संस्था हो । यो संस्थालाई विनोद कुँवर अध्यक्ष रहेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले मान्यता दिएको छ।
विनोद कुँवर अध्यक्ष रहेको समिति एनआरएनए आइसीसीको पछिल्लो महाधिवेशनमा तत्कालिक संरक्षक शेष घलेको अगुवाइमा बनेको हो । यो समितिलाई नेपाल सरकारले मान्यता दिने नदिने भन्ने अहिले सम्म ठोस जवाफ दिएको छैन्।
लम्साल अध्यक्ष रहेको एनआरएनए अमेरिकाको डिसेम्वर २४ तारिकमा बसेको बोर्ड बैठकले तत्काल सदस्यता खुलाउने निर्णय गरेको थियो।
अध्यक्ष लम्साल र प्रवक्ता बिराज भण्डारीद्वारा डिसेम्बर २५ तारिकमा संयुक्त रुपमा जारी विज्ञप्तिमा सदस्यता अनलाइन मार्फत सदस्यता बन्न सकिने, साधरण सदस्यका लागि पाँच डलर र आजीवन सदस्यका लागि ७५ अमेरिकी डलर लाग्ने जनाइएको छ ।
सदस्यताका लागि फेस रिडींग गर्नु पर्ने भनिएको छ। यस्तै अमेरिका बस्ने सबै नेपाली, नेपाली भाषी समेत सदस्य बन्न पाउने छन्।
लम्साल अध्यक्ष रहेको एनआरएनएको सदस्य बन्न यो लिङ्कमा जान सक्नु हुने छ।
तर एनआरएनए अमेरिकाको मुलधार भनिने सुवेदीको समितिले भने सदस्यता कुन दिन देखि खुलाउने भन्ने अझै निर्णय गर्न सकेको छैन्।
अध्यक्ष सुवेदीले अब एक साता भित्रमा प्रकृया शुरु हुने पुन दावी गरेका छन्।
समाज टाइम्स सँगको कुराकानीमा सुवेदीले आफुहरु तयारी अवस्थामा नै रहेको भए पनि आइसीसीको कारण ढिलाइ भएको बताए।
‘अरु सबै कुरा सल्टिएको हो तर हामीले यो पटक देखि गिफ्ट कार्डबाट सदस्यता नवनाउने भनेका छौं, आइसीसीले सदस्य बनाउन हामीलाई उपलब्ध गराएको सिस्टममा गिफ्ट कार्डपनि प्रयोग गर्न मिल्ने रहेछ त्यो मिलाउनका लागि केही ढिलाइ भएको हो।’ सुवेदीले भने।
उनले सदस्यता खुलाउने ठ्याक्कै दिन बने बताउन सकेनन्। ‘काम हुँदै छ सम्भवत अबको सोमवार वा मंगलवार देखि हामी सदस्यता खुलाउछौ।’
यस अगाडि एनसीसी अमेरिकाले आइसीसीको सदस्यता बनाउने प्रविधिमा सुरक्षाको प्रश्न उठाउदै आएको थियो। आइसीसी र एनसीसी बीचमा समझदारी बन्न नसक्दा सदस्यता प्रक्रिया अवरुद्द भएको हो।
सुवेदीका अनुसार एनआरएनए अमेरिकाका आजीवन सदस्यहरुको बारेमा अझै पनि टुङ्गो लागेको छैन्।
लम्साल समितिले भने ‘किन सदस्य बन्ने?’ भन्ने समेत स्पस्ट पारेको छ।