नेपाली महिलाले टेक्सासमा स्थापना गरे ‘दिब्याज फाउन्डेसन’
टेक्सास,अमेरिका / अमेरिकाको टेक्सास राज्यको फोर्थअर्थ सिटीमा समाजसेवि नेपाली दिदिबहिनीहरुले ‘दिब्याज फाउन्डेसन’ नामक संस्था गठन गरेका छन। नयाँ बर्ष कै दिनमा लक्षित गर्दै उक्त सँस्था गठन गरिएको हो।
संस्थाको अध्यक्षमा लक्ष्मी भण्डारी राना रहेकी छिन भने उपाध्यक्षमा बिर्ति रिसाल, कोषाध्यक्षमा बिनिमा सुबेदी, सचिवमा मिता कार्की र सह सचिवमा अजिता कडेल रहेका छन।
संस्थाको मुख्य उद्देश्य दुखमा परेका महिलाहरुलाई सहयोग गर्नु रहेको संस्थाकी संस्थापक एवं कोषाध्यक्ष बिनिमा सुबेदीको भनाई छ।
सुवेदीका अनुसार जति सक्दो धेरै महिलाहरु लाई समेटेर महिला सशक्तिकरण, सिप मुलक तालिमको ब्यबस्था, रोजगारीको सिर्जना, दुख पाएकालाई सहयोग गर्ने, नेपालबाट अध्ययनको लागि आउने चेलीबेटीलाई सके सम्म सहयोग गर्ने संस्थाले लक्ष्य बनाएको छ।
२४ जनाको सदस्यबाट सुरु गरिएको यो संस्था आगामी दुई बर्षमा २४ सय पुर्याउने लक्ष्य रहेको जनाइएको छ। हरेक २ बर्षमा नयाँ पधाधिकारी को चयन हुने यो संस्थाको बिधानमा उल्लेख गरिएको छ।
बिदेशमा रहेर पनि नेपालको धर्म र संस्कृतिलाई जोगाउने र आफ्ना बाल बालिकालाई नेपाली सस्कार सिकाउने , दुखमा परेका महिला दिदिबहिनी लाई सक्दो सहयोग गर्ने अभिप्रायले खोलिएको संस्थाप्रति धेरै महिलाहरु आशावादी हुने अध्यक्ष लक्ष्मी भण्डारीको भनाई छ।