एधारौ चरणको चुनावमा पनि अमेरिकाले सभामुख चुन्न सकेन
वासिङ्टन, अमेरिका / अमेरिकाले तीन दिन बिहिवार एधारौ चरणको चुनावबाट पनि सभामुख (हाउस स्पिकर) चयन गर्न सकेन।
रमाइलो पक्ष अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्समा रिपब्लिकनको बहुमत छ तर सोही पार्टीका पार्टी नेता केभिन म्याकार्थी लगातार पराजित भइरहेका छन्।
कांग्रेसको आधा भाग भएको सदन अनिवार्य रूपमा ठप्प छ, नयाँ सत्र सुरु गर्न, निर्वाचित सदस्यहरूको शपथ लिन र आधिकारिक कार्य सञ्चालन गर्न असमर्थ छ।
रिपब्लिकनहरू विभाजित हुँदा निरासजनक नतिजा आएको हो। यो क्रम नरोकिएमा अमेरिकी सभामुखको कुर्सी अझै खाली नै हुने भएको छ।
म्याकार्थीका आलोचक, प्रायस पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भोट दिए । यसलाई रिपब्लिकन पार्टीको भविष्यमा व्यापक विभाजनको प्रतीकात्मक संकेतको रुपमा समेत दिइएको छ।
हरेक चरणका मतपत्रहरूले लगभग उस्तै नतिजाहरू उत्पादन गरिरहे र अर्को चरणमा चुनाव धकेलियो। २० कन्जरभेटिभ सांसद अझै पनि म्याकार्थीलाई समर्थन गर्न अस्वीकार गरिरेका छन्। म्याकार्थीलाई चुनाव चित्न दुई सय १८ मत चाहिन्छ।
चार सय ३५ सदस्यीय अमेरिकी कंग्रेसको तल्लो सदनमा रिपब्लिकन सांसदको संख्या दुई सय २२ छ।
डेमोक्रेट्सहरु दुई सय १२ मा खुम्चिएका छन्, एक स्थान खालि छ। म्याकर्थी रिपब्लिकन दलको नेता हुन् तर उनकै दलका सांसदले उनीबाट पार्टीमा कुनै सधार नआउने भन्दै उनलाई अवस्वीकार गरि रहेका छन्।
अब शुक्रवार १२ औं चरणको चुनाव हुने छ।
अमेरिकामा ४४ पटक सम्म सभामुखको चुनाव भएको इतिहास छ। सन् १७५९ मा यस्तो भएको थियो।