एएनए सम्मेलनको वचत रकम एनएसटीलाई हस्तान्तरण
टेक्सास, अमेरिका । गत जुलाईमा टेक्सासमा सम्पन्न एसोसिशन अफ नेपल्जीन इन अमेरिका (एएनए) सम्मेलनमा बचत भएको रकम नेपाली समाज टेक्सास (एनएसटी) लाई हस्तान्तरण गरिएको छ।
टेक्सासको डाल्लासमा अगष्ट एक तारिकमा आयोजित दशै शुभकामना कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो।
एएनए सम्मेलनमा बचत मध्ये सात हजार अमेरिकी डलर एनएसटीलाई हस्तान्तरण गरिएको हो। एएनएका अध्यक्ष विजयराज भट्टराईले एनएसटीका अध्यक्ष राजेन्द्र वाग्ले, एनएसटी बोर्ड अफ ट्रस्टीका भक्त बब भण्डारी, एनएसटीका निवर्तमान अध्यक्ष दिनेश शर्मा लाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा एनएसटीका अन्य पूर्व अध्यक्षहरु, एनएसटीका सल्लाहाकार,अन्य सामाजिक संस्थाहरु लगायत ठूलो नेपाली समुदायको कार्यक्रममा उपस्थिति रहेको थियो।
कार्यक्रमको सन्चालन महासचिव सन्देश उप्रेतीले गरेका थिए। सम्मेलनमा जम्मा एक लाख छ हजार पाँच सय चालिस डलर ४२ सेन्ट आर्थिक सन्कलन भएको एनएएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
एएनए सम्मेलन आर्थिक सन्कलन कमिटि तथा कार्यकारी समिति बाट पास गरिएको आय-ब्ययको विस्तृत विवरण वेवसाइडमा राखिएको पनि विज्ञप्तिमा भनिएको छ।