नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन : जारी भयो १३ बुँदे विवरण
ल्यानक्यास्टर, पेन्सिल्भेनिया । नेपाली जनसम्पर्क समिति अमेरिका, अधिवेशन तयारी समितिले आगामी अधिवेशनका प्रमुख तयारी तथा सम्पन्न कार्यहरू सार्वजनिक गर्दछौ। समितिले अधिवेशनलाई व्यवस्थित, पारदर्शी र विधानसम्मत रूपमा अघि बढाइरहेको जानकारी गराउँदछौ।
१. आगामी अगस्ट १४–१६, २०२६ मा डी.सी. मेट्रो क्षेत्रमा नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन आयोजना गर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको छ।
२. अधिवेशनको मिति र स्थान स्वीकृतिका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयसँग आवश्यक समन्वय तथा औपचारिक पत्राचार सम्पन्न गरिएको छ।
३. अधिवेशनलाई निष्पक्ष, स्वतन्त्र र विधानसम्मत रूपमा सम्पन्न गर्न निर्वाचन समिति गठन गरिएको छ। समितिको प्रमुख निर्वाचन आयुक्तमा भक्त थापा तथा सदस्यहरूमा मोहन वाइबा, दीप्तिराज भण्डारी (Attorney at Law), सुबोध रेग्मी र दीपक गौतम रहनुभएको छ।
४. नेपाली कांग्रेसको विधान तथा जनसम्पर्क समितिसम्बन्धी निर्देशिकाअनुसार सुझाव, परामर्श र तयारीका लागि विधान समिति गठन गरिएको छ। समितिको संयोजकमा विनोद भट्ट तथा सदस्यहरूमा रामजीवी पन्थ, नवीन पोखरेल र सुधा काफ्ले रहनुभएको छ।
५. अधिवेशनका लागि सुवास लामाको संयोजकत्वमा सांस्कृतिक समिति गठन गरिएको छ।
६. अधिवेशनको आर्थिक व्यवस्थापनलाई प्रभावकारी बनाउन हरि भट्टको नेतृत्वमा उज्ज्वल क्षेत्री र दीनदयाल भण्डारी सदस्य रहने गरी आर्थिक समिति गठन गरिएको छ।
७. अधिवेशन व्यवस्थापनका लागि व्यवस्थापन समिति, जनसम्पर्क (प्रचार–प्रसार) समिति तथा अन्य आवश्यक समिति र उपसमितिहरू गठन गरिएको छ।
८. स्थानीय व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय अधिवेशन तयारी समिति गठन गरिएको छ। समितिको संयोजकमा राम मिश्र, उपसंयोजकमा यम सिटौला र नेत्र केसी रहनुभएको छ। बाँकी संरचना गठन गर्ने जिम्मेवारी उक्त नेतृत्वलाई दिइएको छ।
९. अधिवेशनसम्बन्धी निर्णय, सूचना, प्रेस विज्ञप्ति र आधिकारिक जानकारी विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत नियमित रूपमा सार्वजनिक गरिएको छ।
१०. अमेरिका भरिका राज्य च्याप्टरहरू, क्षेत्रीय नेतृत्व, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग निरन्तर समन्वय र छलफल भइरहेको छ।
११. नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा २०९ जना क्रियाशील सदस्यहरूको नवीकरण शुल्क तथा २०५ जना नयाँ क्रियाशील सदस्यहरूको एकमुष्ट सदस्यता शुल्क नियमानुसार दाखिला गरिसकिएको छ।
१२. अधिवेशनका लागि आवश्यक व्यवस्थापकीय, आर्थिक, प्राविधिक, स्वयंसेवक परिचालन तथा अन्य तयारी कार्यहरू योजनाबद्ध रूपमा अघि बढाइएका छन्।
१३. श्री ज्ञानेन्द्र कार्की को संयोजकत्वमा सदस्यता प्रमाणीकरण तथा छानबिन समिति गठन गरिएको छ।
समितिले सम्पूर्ण सदस्य, शुभेच्छुक, कार्यकर्ता तथा सम्बन्धित सबै पक्षलाई अधिवेशनको सफलताका लागि सक्रिय सहयोग, समन्वय र सहभागिताका लागि अनुरोध गर्दछौ।
रामजीवी पन्थ
मिडिया प्रमुख
अधिवेशन तयारी समिति
नेपाली जनसम्पर्क समिति अमेरिका
















