नायक भुवन केसी पेन्सिलभेनियाको ल्यानक्यास्टर आउदै
पेन्सिलभेनिया,अमेरिका। नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष नायक भुवन केसी तिहारमा पेन्सिलभेनियाको ल्यानक्यास्टर आउने भएका छन्।
केसीको सम्मानमा अक्टोबर २३ तारिक साँझ सात देखि नौ बजे सम्म ‘डिनर पार्टी’ को आयोजना गरिने जनाइएको छ। चन्द्र बान्तवा, भरत श्रेष्ठ लगायतले नायक केसी सँग डिनर पार्टीको आयोजना गर्न लागेका हुन्। बान्तवा पुराना चलचित्रकर्मी हुन्।
‘उहाँ (नायक केसी) मेरिल्याण्डमा आउने कार्यक्रम रहेछ, त्यस कारण ल्यानक्यास्टरमा रहेका उहाँका फ्यानहरुलाई पनि भेटघाटका लागि डिनर पार्टी राखिएको हो।’ समाज टाइम्स सँगको कुराकानीमा आयोजक मध्येका एक श्रेष्ठले भने।
डिनर पार्टी ल्यानक्यास्टरको कोलम्बिया एभ्युन्युमा रहेको नमस्ते रेष्टुरेष्टमा हुने छ। श्रेष्ठले डिनर पार्टीमा सबैलाई निम्ता गरेका छन्।
डिनर पार्टी निशुल्क भने हुने छैन। ‘हामीले संयोजन मात्र गरेका हौ, तिहारको समय आफुलाई मनपर्ने कलाकार भेटघाट र सँग सगै डिनर खाने भए पछि केही खर्च हुन्छ, मिले सम्म हामी त्यसको लागि प्रायोजक खोज्छौ, त्यो नभएमा सहभागि सँग न्युनतम शुल्क लिन्छौं।’ श्रेष्ठले भने।