सीट बाँडफाँट मिलाउन गठबन्धन दलका शीर्ष नेतालाई सकस
काठमाण्डौं । सीट बाँडफाँटमा सहमति जुटाउन सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री कार्यलय बालुवाटार पुगेका छन् ।
बैठक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता बालुवाटार ब्यस्त छन् ।
सबै नेता आ आफ्ना अडानमा रहेका कारण आजै निर्णय हुनेमा शंका रहेको बैठकमा एक सहभागीले बताएका छन् ।
अहिलेको बैठकमा सीट बाँडफाँटका लागि कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा बनेको ११ सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
सोही प्रतिवेदनका आधारमा बाँडफाँटमा कार्यदलले मिलाउन नसकेका क्षेत्रबारे छलफल गरेर टुंगोमा पुर्याउने बैठकको उद्देश्य छ ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमतिको नजिक पुगेका छन् । तर, माधव नेपाल भने देउवा र प्रचण्डको शैलीप्रति रुष्ट बनेका छन् ।