प्रतिनिधिसभामा नागरिकता विधेयक पारित : एनआरएनएलाई नागरिताको बाटो खुल्यो
काठमाडौं । सरकारले पेस गरेको नारगरिकता विधेयकलाई प्रतिनिधिसभाले आज बहुमतद्वारा पारित गरेको छ।
शुक्रवार साँझ बसेको प्रतिनिधि सभाको बैठकले नागरिकता विधेयक पारित गरेको हो।
गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता पहिलो संसोधन विधयेक २०७९ पारित गर्न संसदमा प्रस्ताव राखेका थिए । सभामुख अग्नी सापकोटाले ध्वनिमतका आधारमा उक्त प्रस्ताव पारित भएको घोषणा गरे ।
विधयेक पारित भए सँगै नेपालमा एनआरएन नागरिकताको प्रकार थपिएको छ। अब दक्षिण एशिया बाहेकका मुलुकको नागरिकता लिएका नेपाली र तीनका तीन पुस्ते सन्तानले नेपालमा एनआरएन नागरिकता पाउने छन्।
यस अगाडि विदेशको नागरिकता लिएमा नेपालको नागरिकता खारेज हुने व्यवस्था थियो। जसका कारण विषेश गरि युरोप अमेरिकामा रहेका नेपालीहरुलाई नेपालको पुर्ख्यौली सम्पतिको संरक्षणमा समस्या हुँदै आएको थियो।
अव गैरआवासीय नेपालीहरुले पनि नागरिता पाउने छन् । तर एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारा लगाउदै आइएको भए पनि अब पाउने एनआरएन नागरिकताले राजनीतिक अधिकारबाहेक आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्ने पाइने छ। साथै आफु सँग भएको बंशजको नागरिकता पनि फिर्ता गर्नु पर्ने छ।
प्रतिनिधि सभाबाट पारित विधेयक अब राष्ट्रिय सभामा जाने छ। त्यहाँबाट पारित भए पछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनु पर्ने छ। त्यस पछ पछि ऐन बनेर लागू हुने छ।



















