नेजा सधारण सभा : चार पूर्व अध्यक्ष सहित बहुमत सदस्यद्वारा बहिस्कार, नेतृत्वप्रति चरम असन्तुष्टी
पेन्सिलभेनिया। नेपाल अमेरिका पत्रकार संघ (नेजा) को यस पटकको साधरण सभामा चार पूर्व अध्यक्ष सहित अधिकांश सदस्यले अघोषित बहिस्कार गर्ने भएका छन्।
नेजाको साधरण सभा जुलाई २३ र २४ क्यालिफोर्नियामा हुँदै छ। स्थापना काल देखि नै कुनै न कुनै विवादमा फस्दै आएको नेजामा चार जना पूर्व अध्यक्ष सहित बहुमत सदस्य साधरण सभामा अनुपस्थित हुन लागेको संभवत पहिलो पटक हो।
नेजाका पूर्व अध्यक्षहरु आङछिरिङ शेर्पा, गौतम दाहाल, भोला आचार्य र सुदिप पन्त साधरण सभामा नजाने भएका हुन्। नेजाको संस्थापक अध्यक्ष गिरिश पोखरेल हुन्। यस पटकको साधरण सभामा पोखरेल बाहेक अन्य पूर्व अध्यक्षको उपस्थिति नहुने भएको छ। कार्यकाल पुरा नहुदै अध्यक्ष पद छोडेका नागेन्द्र पौडेल लामो समय देखि नेजामा छैनन।
यस्तै निवर्तवान महासचिव किरण मरहठ्ठा, पछिल्लो अधिवेशनमा अध्यक्षका पराजित उमेदवारद्वय गोकुल ढकाल र अनुज थापा पनि साधरण सभामा हुने छैनन्। यस्तै गत अधिवेशनको शुरु देखिनै अध्यक्षको प्रत्यासी बनेर अन्तिम समयमा नाम फिर्ता लिएका निदेश अधिकारी पनि यस पटक क्यालिफोर्निया नजाने भएका छन्।
विवेकशून्य वर्तमान नेतृत्वका कारण पूर्व नेतृत्व सहित अधिकांश सदस्य साधरण सभामा अनुपस्थित हुन लागेको बताइएको छ। समाज टाइम्स सँगको कुरकानीमा प्रायस सदस्यले साधरण सभामा जाने वातवरण नै नभएको प्रतिक्रिया दिएका छन्। “नेजाको साधरण सभामा जादा दुश्मन धेरै कामउने डर हुने भो, थोरै मान्छे पनि गुटउपगुट बनाएर एकले अर्कोलाई देखाउने भए, नेतृत्व झन निकम्मा भयो, मान्छे नआइदिए हुने जस्तो गर्ने भए , पैसा खर्च गरेर झगडा गर्न किन जाने?” ती सदस्यले भने।
पत्रकारको संस्था केही व्यक्तिको चङ्गुलमा फसेको, सिगो संस्थालाई केही व्यापारीको प्रचार प्रसारमा लगाएको तथा अमेरिकामा विवादित संस्था मध्ये एउटा पक्षमा ढल्किने काम गरेकाले पनि नेजा प्रति रुचि कम भएको कतिपयको तर्क छ।
“अहिलेको नेतृत्व विषेश गरि बिकासराज न्यौपानेको रवैया मनोमानी भयो, उनले संस्थालाई संस्थागत बनाउन सकेनन्, मनपरी रुपमा संस्था चालए, अग्रजको सम्मान गर्नै जानेनन्, उनको कार्यशैलिले गर्दा मन नै मर्यो, फेरि व्यस्त पनि भइयो र क्यालिफोर्निया नजाने भइयो।” पूर्व अध्यक्ष शेर्पाले समाज टाइम्स सँग भने।
“नेतृत्व राम्रो भएन भने संस्था गतल बाटोमा जाने रहेछ। खासमा पत्रकार साथीहरु भेटौ, पारिवारिक वातावरण होस, दुख सुखका कुरा हुन भनेर यो संस्था खोलेको हो, लामो समय संस्थामा सक्रिय पनि भइयो तर अहिलेको नेतृत्वले सबैलाई एकै ठाँउमा बस्ने वातावरण नै बनाएन।” शेर्पाले थपे “साथिभाई भेटौ भनेर खोलेको हो, तर अहिले जाँउ जाँउ नै भएन।”
नेजालाई संस्थागत बनाउन सबै भन्दा धेरै खटेका पूर्व अध्यक्ष शेर्पाले यो साधरण सभाको औचित्यमा पनि प्रश्न उठाएका छन्। उनले साधरण सभाले अब विधान संसोधन गर्न पनि नसक्ने बताए। “विधान कसरी पास हुन्छ, बहुमत नै नपुगे पछि ?” उनले प्रतिप्रश्न गरे। “अब मनपरि नै गर्ने भए त कस्को के लाग्छ र?”
वर्तमान नेतृत्व प्रति अर्का पूर्व अध्यक्ष गौतम दाहालले पनि असन्तुष्टि जाहेर गरेका छन्।
“मैले सहभागी हुनैपर्ने औचित्य देखिन र नजाने निर्णय गरेको हो।” पूर्व अध्यक्ष जस्तो व्यक्ति साधरण सभामा किन नजाने भन्ने प्रश्नको जवाफमा दाहालले भने।
“पूर्व अध्यक्षको रुपमा वर्तमान नेतृत्वसँग नेजाभित्रका कमी कमजोरी सुधार गरेर सबैले अपनत्व महसुस गर्ने वातावरण बनाउनुस् भन्दा कुनै सुनुवाई भएन । सल्लाहकार समिति गठन गर्दा आजका दिनसम्म नेजाको कुनै पनि गतिविधिमा सहभागी नभएका, निष्कृय रहेका पात्रहरुलाई चयन गर्ने र संस्थाको नेतृत्वमा रहेर निरन्तर सक्रिय रहेकालाई पूर्ण अपमान गरियो।”
“बिकासराज न्यौपानेको काँधमा बन्दुक राखेर हामीप्रति पड्काउनेहरु हाबी भए। “समाज टाइम्स सँग दाहालले भने, “भर्जिनिया अधिवेशनमा म बाहेक सबै पूर्व नेतृत्वकर्ताहरुलाई समेटियो । मलाई बाईपास गरियो । मेरा बिरुद्ध सबै एक भए । ममाथि काला कम्युनिष्टहरुद्वारा लगाईएको फेसबुक आरोप पुष्टी गर्न शाही आयोग बनाईयो तर प्रतिवेदन आजका दिनसम्म सार्वजनिक गरिएन।”
पूर्व अध्यक्ष दाहालले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलको सूचनाकको आधारमा बनाइएको छानविन समितिको प्रतिवेदनका बारेमा पनि प्रश्न उठाएका छन्।
“नेपालबाट धेरै पत्रकारलाई बोलाईएको तर भिसा नदिएको भन्दै पत्रकार महासंघका अध्यक्षले भनेको भनेर गत वर्षको साधारण सभामा यस बारे खोजबीन गर्न समिति गठन भो तर खै के भो त ?” प्रति प्रश्न गर्दै दाहालले भने, “नेजाको वर्तमान नेतृत्वले सबैलाई समेट्न नसकेको हुँदा अपनत्व महसुस भएन र नजाने निर्णय गरेको हो।”
अर्का पूर्व अध्यक्ष भोला आचार्यले पनि नेतृत्वको कार्यशैलिमा असन्तुष्टि देखाएका छन्। “पछिल्लो पटकको कार्यसमितिले सल्लाहकार गठन लगायतका समितिहरू गठन गर्दा प्रयाप्त सरसल्लाह गरेको देखिदैन । सल्लाहकार पनि सल्लाहको जरूरी भएको वेला सहयोगी भूमिका खेल्ले कुरा मात्रै हो तर म आफै पनि संस्थाको महासचिव हुदै नेतृत्व गरेको हिसावले संस्थाका गम्भीर विषयहरूमा पनि सरसल्लाह गरेको देखिदैन ।”
आचार्यले अगाडि भने, “संस्थाको लेटरहेड दुरूपयोगको गम्भीर विषय उठ्यो तर समितिले कार्यसमितिलाई बुझाएको कुरा प्रष्ट गरिएन । कमिटि गठन गरिसकेपछि छानविनमा दोषी कोही छ भने कार्यवाही गर्नुपर्यो नत्र त्यसै आरोप पनि त लगाउन भएन भन्ने कुरा पनि प्रष्ट गर्नुपर्यो।”
आचार्यले साधरण सभाको बारेमा पूर्ण जानकारी नपाएको पनि बताएका छन्, “यसपटकको साधारण सभामा आउनुपर्यो भन्ने कुरा छ तर डिटेल कुरा थाहा छैन जस्तै अतिथिहरू को छन् ? साधारण सभामा मुख्य काम के गरिदैछ लगायतका? एक खालको फ़्रस्ट्रेशन जस्तो छ । केही समय नवोल्दा राम्रो हुने देखिरेहेको छु ।”
क्यालिफोर्नियाको लसएञ्जलसमा रहेका अर्का पूर्व अध्यक्ष सुदिप पन्तले भने व्यक्तिगत कारण साधरण सभामा नजाने बताए। “मेरो व्यस्थताले गर्दा….. मेरो घरमा बिगत १२ दिन देखी पाहुना हुनुहुन्थो आज बिहान् जानुभयो । म सँग समय र फुर्सद छैन ।” पन्तले भने। त्यसो त कार्यकाल पुरा नहुदै राजिनामा दिएका पन्त त्यस पछि सामाजिक कार्यक्रममै उपस्थित हुन छाडेका छन्।
टाडाको त कुरै छोडौ साधरणसभा आयोजना स्थल राज्यमा नै रहेका कार्यसमितिकै सदस्यले साधरण सभामा जाने वातावरण नै नबनेको प्रतिक्रिया दिएका छन्। गत अधिवेशनमा अध्यक्षको प्रतिस्पर्धामा दोस्रो भएका गोकुल ढकालले साधरण सभा बारे अनविज्ञता प्रकट गरेका छन् । नेजाको विधानमा अध्यक्षमा दोस्रो हुने स्वत कार्यसमितिको सदस्य हुने व्यवस्ता छ। ढकाल क्यालिफोर्निया राज्यकै लसएञ्जलशमा बस्छन्। तीन जना अध्यक्षमा प्रतिस्पर्धा गर्दा विकासले ३९, गोगुलले २१ र अनुज थापाले २० मत पाएका थिए।
“नेजा कार्यसमितिको आधिकारीक संजाल समुहबाट म विगत तीन हप्तादेखी बाहिर छु । स्वविवेकले त्यो समुहबाट बाहिरिएको म साधारण सभाको तयारीको बारेमा अनभिज्ञ छु ।” समाज टाइम्स सँग ढकालले भने “संस्था, आफैंमा गौरवशाली हुन्छ, त्यसलाई गाली गर्नु पाप हुनेछ, जुन आफैंमा ठुलो भुल ठहरिनेछ । खरले छाएको झुपडी नै सम्झनेलाई महल हुन्छ।”
सकभर साधरण सभामा नआइदिए हुन्थो भन्ने वातावरण भएको समेत ढकालले बताएका छन्। “भर्जिनियामा निर्वाचन हार्दै गर्दा विजयी अध्यक्षलाई अंकमाल गरेर यो संस्थालाई गाली नगर्ने कसम खाएर आएकै हो । संस्थाभित्रका खुद्रा मसिना कुराहरु पछि लेख्दै गरौंला । ‘छिमेकीले छोरीको बिहेमा नआईदिए हुन्थ्यो भन्ने ब्यवहार देखाएकाले पल्लो गाँउमा हुने भोजमा म नजाने निधो गरें । कार्यक्रम सफलताको शुभकामना छ।” साधरण सभामा किन जनाने भन्ने समाज टाइम्सको प्रश्नमा ढकालले भने।
निवर्तमान महासचिव किरण मरहठ्ठा र गत अधिवेशनमा अध्यक्षमा तेस्रो भएका अनुज थापाले पनि साधरण सभामा भाग नलिएको बताए। यस्तै अघिल्लो कार्यसमितिका सदस्य तथा अध्यक्षको प्रत्यासी रहे पनि अन्तिममा नाम फिर्ता लिएका निदेश अधिकारीले स्वास्थको कारण आफु साधरण सभामा नजाने बताए।
“अमेरिकामा नेपाली पत्रकारहरुको छाता संगठन नेजाको आसन्न साधारण सभाको सफलताको कामना ! मेरो नजिकको मान्छेलाई कोभिड भएका कारण र मैले नै कोभिड जाँच गराउन हस्पिटल लिएर गएकोले यो ५ दिन कहि कतै जान नमिल्ने सिडीसी गाईडलाईन फलो गर्दै नेजाको कार्यक्रममा उपस्थित हुन सकिन ।” अधिकारीले भने।
पत्ररकारको संस्थाले स्थापना गरेको पुरस्कारमा व्यापारी घरनालाई गुहारेको, गैर आवासीय नेपाली संघ अमेरिकामा दुई समुहले आफुहरु आधिकारिक भनेर दावी गरिरहेको समयमा एउटा पक्षलाई मात्र च्यापेर पत्रकारको संस्था निश्पक्ष बस्न नसकेको। दैनीक समाचारमा ठोकिने व्यक्ति र संस्था सँग आर्थिक सहयोग लिएर हर हिसाव गोप्य राख्दै संस्थालाई बदनाम गराएको आरोप पनि वर्तमान नेतृत्वमा छ।
अर्को तर्फ वर्तमान अध्यक्ष बिकासराज न्यौपाने र उपाध्यक्ष मच्छेदेवी गुरुङमाथि आर्थिक पारदर्शिता नगरेको आरोप लाग्दै आएको छ। न्यौपाने र गुरुङले नेजाको नाममा विभिन्न समयमा कार्यक्रम गर्दाको आम्दानी लुकाउने र नक्कली बील बनाएर खर्च गर्ने गरेको भन्दै यस अगाडि पनि समाज टाइम्सले प्रमाण सहित समाचार प्रकासित गरेको थियो। न्यौपाने र गुरुङको बदमासीलाई वर्तमान कोषाध्यक्ष प्रभात भट्टराईले होस्तेमा हैसै गर्दै आएका छन्।
एउटा गल्ति छोप्न नेजाद्वारा अर्को गल्ति : फाटेको टालोले अमेरिका रहेका नेपाली पत्रकारको छोपिएला लाज ?
अमेरिकामा नेपाली पत्रकारको संस्था : आम्दानी लुकाइयो, खर्चमा मनपरी