लक्ष्मण घिमिरे प्रवासी नेपाली मञ्च अमेरिका, टेक्सास राज्य कमिटि अध्यक्षमा निर्वाचित
अमेरिका । लक्ष्मण घिमिरे प्रवासी नेपाली मञ्च टेक्सास राज्य कमिटिको अध्यक्षमा निर्वाचित भएका छन् ।
केन्द्रिय कमिटिको सचिवालयले दिएको निर्देशन अनुसार यही आइतबार अधिवेशन आयोजक कमिटिले सम्पन्न गरेको अधिवेशनले घिमिरेलाई अध्यक्षमा चयन गरेको हो ।
मञ्चका सहसंयोजक चन्द्र मणि पान्डेयको अध्यक्षतामा सम्पन्न अधिवेसनले उपाध्यक्षमा किरण पौड्याल र सचिवमा राजु नेपाललाई चयन गरेको छ ।
प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष एवं अन्तर्राष्ट्रिय कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापाका अनुसार टेक्सास राज्य कमिटिको गठन यस प्रकास छ ।
अध्यक्ष्य : लक्ष्मण घिमिरे
उपाध्यक्ष्य : किरण पौड्याल
सचिव : राजु नेपाल
सह सचिव : सब्दिता प्याकुरेल
सदस्य : मधुसुदन ज्ञावली
सदस्य : मनोज धिताल
सदस्य : नुरनाथ सुबेदी
सदस्य : कृष्ण भट्टराई
सदस्य : राजेश अधिकारी
सदस्य : पवन अर्याल
सदस्य : गोपाल प्याकुरेल