बहुअध्यक्षमा एनआरएनए संस्थपन पक्ष र शेष घले बीच कुरा मिलेन, घले समुहले अगाडि बढायो निर्वाचन कार्यक्रम
अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थापन पक्ष र शेष घले समुह बीचको वार्ता विना निश्कर्ष टुङ्गिएको छ ।
घले समुहले महाधिवेशन गरिरहेको होटल याक एण्ड यतिमा झण्डै दुई घण्टा चलेको वार्तामा बहुअध्यक्षय हुने भन्ने विषयमा मतान्तर भएको जनाइएको छ ।
एनआरएनएका उपाध्यक्ष सोनाम लामाका अनुसार पद भागबण्डाका बिषयमा कुरा मिल्न नसकेको हो ।
वार्तामा घले समुहबाट सहभागि लामाले कुनै व्यक्तिलाई पदमा पुर्यानकै लागि गरिएको भनिएको सहमति आफुहरुलाई मान्य नभएको बताए ।
यस अघि अध्यक्षको उमेदवार भनेर प्रचारमा ल्याइएका डाक्टर बद्री केसी, कुल आचार्य र रबिना थापाले सबै जना अध्यक्ष हुने सहमति गरेका थिए ।
सो समहमति पछि एनआरएनएमा देखिएको विवाद मिलेको भनेर प्रचार गरिएको थियो । तर शेष घले समुहले पूर्वनिर्धारित कार्यक्रम अनुसार महाधिवेशनको काम अगाडि बढाएको थियो ।
घले समुहले बन्द शत्र सकेर निर्वाचनका लागि तयारी गर्दै गर्दा एनआरएनए अध्यक्ष कुमार पन्त समुह वार्ता गर्न होटल पुगेको थियो ।
पन्तको टोलीमा डाक्टर केसी र रविना थापा, महेश श्रेष्ठ लगायत थिए ।वार्तामा कुल आचार्य भने सहभागि थिएनन् । कुल माथि टिमलाई धोका दिएको आरोप घले समुहले लगाएको छ । समुहका साथिहरु सँग छलफल नै नगरि अन्य उमेदवार सँग पद साट्न पुगेको भन्दै उनैका सहकर्मीले आचार्यको आलोचना गरेका छन् ।
वार्तामा कुनै व्यक्ति विषेशको पद सुरक्षित गर्न विधानमा पदसंख्या थप गर्ने विषयमा सहमत हुन नसक्ने अडान शेष घलेले राखे पछि कुरा अगाडि बढ्न नसकेको जनाइएको छ ।
घले समुहद्वारा गठित वार्ता टोलीका सदस्य वेद खरेलले वार्ताको सम्भावना पुरै टरि नसकेको बताए । “हामीले पाँच बुदाँमा छलफल गरेका थियौं,आज कुरा मिलेन तर भोली पनि छलफल हुनेमा म आशावादी छु ।”
निर्वाचन समितिले दियो राजिनामा
यसै बीच घले समुहद्वारा गठित विश्व बराल संयोजक रहेको निर्वाचन समितिले राजिनाम दिएको जनाएको छ । विश्व बराल समितिले राजिनामा दिए पछि घले समुहले नयाँ निर्वाचन समिति गठन गरेको जनाएको छ ।
निर्वाचनको लागि नयाँ प्रमुख निर्वाचन अधिकृत प्रकाश धमलालाई मनोनित गरिएको छ । समितिको सदस्यमा एलबी गुरुङ र डमर घले रहेका छन् । समितिले निर्वाचन कार्य तालिका प्रकाशन गरि सकेको छ ।
विश्व बराल समितिले राजिनामा दिनुको कारण यसरी उल्लेख गरेका छन् ।