एमसीसी किन चाहियो ! किन चाहिएन ?
सुन्दर अल्पविकसीत मुलुक नेपालमा धेरैछन् गर्नुपर्ने बिकास
सडक,बिजुली,शिक्षा, पिउनेपानी, सिंचाई कतिधेरै छन् माग
अमेरिका पुरानो दातृराष्ट्र सयौंवर्ष पुरानो दौत्यसम्बन्ध
खरबौं लगानी गरिसक्यो कहीँ त्यस्तो नराम्रो भएन हिजोसम्म॥
राणाकाल,पंचायत,बहुदल,गणतन्त्रमा सहयोग पटकपटक
अहिले ठुलैरकम अनुदानमा दिँदा उल्टै आन्दोलनका नाटक
सम्झौताभो सहमतीमा सरकार बने नानाथरी बामधारकै धेर
जानीबुझी जनताउफार्छन् बखेडा झिकी नबुझेझैं गरेर॥
बनायो त्रीवी,रामपुर कृषी,प्राविधिक शिक्षालय,प्रौढ साक्षरता
शिक्षााको पुर्वाधारमा अरबौं खर्चियो जनता बनाउन टाटा बाठा
स्वास्थ्य,सडक,सिंचाई योजनाहरूमा युसएआईडी तल्लीन
स्वार्थमात्र देख्ने हाम्रा हामपन्थीहरू बिरोधमात्रै गर्छन रातदिन॥
उत्तर दक्षिण स्वार्थी छिमेकी हुनदिन्नन् दिगो विकास नेपालमा
केही भरौटेलाई किनीकन उफार्दैछन् गरीहाल्छकी भनी यैबेलामा
आशाखेती देखाउने,बिकासमा बाधक बन्ने गिद्देनजर लाउने
बिडम्म्बना हाम्रै नेता उल्लुबनी चाकडीमा यीन्कै दरबार धाउने॥
जनतामा त्रासदेखाई सेना आई बमबारूद गर्छ मार्छ भनिकन
लौन भन्देउ यो योजनाका नाउँमा कुनदेशमा कहिले गयो जिउधन
नेता धाउँने दुतावास ब्यक्तिगत स्वार्थ वोकी रातारात चाकडीमा
सधैंभरी गरीब जनता नाराजुलुसमा लाईन लगाई राखे धोकाधडीमा॥
अनुदान चाहिएन भन्दै ऋणचाँही थाप्ने यीन्कै ठुलाठुला कुरा
अरूण योजना खाए,ट्रान्समिसन र सडकको त्यैहाल गर्ने चाला
जागउठ बुझ हे स्वाभीमानी नागरीक हो सत्यतथ्य केहो भनी
कम्युनिस्टको नितीनै हो जनतालाई गरीबै राखी नेताबन्ने धनी॥
(रामचन्द्र अधिकारी, लमजुङ,हाल अमेरिका )