आदर्श नेपाली समाज हरण्डन भर्जिनियामा नयाँ नेतृत्व
अमेरिका । आदर्श नेपाली समाज हरण्डन भर्जिनियाले नयाँ नेतृत्व पाएको छ । हालै सम्पन्न निर्वाचनले रियल्टर मोहन उप्रेती उप्रेतिको अध्यक्षतामा ११ सदस्यी कार्य समितिको निर्विरोध चयन गरेको हो ।
भर्जिनिया क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सस्थाको उपाध्यक्षमा उपाध्यक्षमा रियल्टर चिरन्जीवि लामिछाने निर्वाचित भएकी छिन । यस्तै सचिबमा आरती पराजुली सिग्देल, सहसचिब भूमा पौडेल खरेल र कोषाध्यक्षमा शिब सुबेदीले जिम्मेवारी पाएका छन् ।
यस्तै सदस्यहरूमा क्रमश अनिता ढकाल सिटौला , संझना अर्याल घिमिरे , सरला पण्डित भण्डारी, सीता सुबेदी काफ्ले र जयन्ती बिष्ट चयन भए । पूर्ब अध्यक्ष तोया पौडेल पदेन सदस्य रहने व्यवस्था छ ।
निर्वाचनका लागि परशुराम भण्डारीको संयोजकत्वमा पवन खनाल र सुसीला सुबेदी सहितको ३ सदस्यीय कमिटी गठन गरेको थियो । नवनिर्वाचित सदस्यलाई निर्वाचन कमिटीका सदस्य पवन खनालले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
आफ्ना बालबालिकाहरुका लागि नेपाली स्कूल सन्चालन गर्का लागि लागि यो संस्था स्थापना भएको जनाइएको छ । यही संस्थाका आजिवन सदस्य प्रदिप ढकाल अहिले टाउन अफ हरण्डनका टाउन काउन्सिलमा दोस्रो पटक विजय भएका थिए ।