अस्ट्रेलियाको मेलबर्नमा हुने १६ औं आइओएफटीसीका लागि खेलाडी दर्ता खुला
मेलबर्न, अस्ट्रेलिया / अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) २०२६ का लागि खेलाडी दर्ता खुला गरिएको छ।
आगामी नोभेम्बर २८ र २९ मा मेलबर्न, भिक्टोरियामा हुने प्रतियोगितामा अस्ट्रेलियासहित विश्वका विभिन्न देशका तेक्वान्दो खेलाडी, प्रशिक्षक, रेफ्री तथा क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा खेलाडीहरूले आफ्नो खेल कौशल प्रदर्शन गर्नुका साथै विभिन्न देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्ने र अनुभव साटासाट गर्ने अवसर पाउनेछन्।
प्रतियोगिताले तेक्वान्दो खेलमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, आपसी मित्रता र खेलभावनाको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
आयोजकले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी, प्रशिक्षक तथा तेक्वान्दो क्लबलाई समयमै दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेको छ। दर्ता तथा प्रतियोगितासम्बन्धी थप जानकारी अनलाइनमार्फत उपलब्ध गराइएको छ।
प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले यहाँ क्लिक गरेर अनलाइन दर्ता गर्न सक्नेछन्।
‘कडा अभ्यास, निष्पक्ष प्रतिस्पर्धा र मित्रता’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको प्रतियोगिताले विश्वभरका तेक्वान्दो खेलाडीलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ।
र यो पनि …
१६ आईओएफटीसीको एक सयदिन काउनडाउन शुरु …

















