लम्मी ज्वलर्सले मनायो दोस्रो वार्षिक उत्सव
ह्यारिसबर्ग, पेन्सिल्भेनिया / लक्ष्मी ज्वलर्स ह्यारिसबर्गको शनिवार आफ्नो दोस्रो वार्षिक उत्सव मनाएको छ।
प्याटन रोड (2308 Patton Road, Suite G Harrisburg, PA) मा सविन बस्नेत र ओम प्रकाश अधिकारीले लक्ष्मी ज्वलर्स सञ्चालन गर्दै आएका छन्।
दोस्रो वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा डाउपिन काउन्टी कमिश्नर बोर्ड अध्यक्ष जस्टिन डगलसले केक काटेका थिए ।
दोस्रो वार्षिक उत्सवको अवसर पारेर शनिवार हरेक गहना खरिदमा २० देखि ३० प्रतिशत छुटको दिएको थियो।
संचालक ओम प्रकाश अधिकारीका अनुसार जुनसुकै स्थानमा खरिद गरिएको भए पनि आफूहरूका निःशुल्क मर्मत गरिने जानकारी दिए ।
यस्तै अर्का संचालक सविन बस्नेतले गुणस्तरीय र अझ राम्रो सेवा दिनु आफूहरूको उद्देश्य रहेको बताए।
यस्तै प्रमुख अतिथि डगलसले लक्ष्मी ज्वलर्सले दोस्रो वार्षिक उत्सव मनाएकोमा बधाई दिए । उनले समुदायमा साना व्यवसायका लागि कति चुनौतीपूर्ण छ भन्ने आफूले महशुस गरेको भन्दै सबै स्थानीय साना व्यवसायहरूको ठूलो समर्थन गर्ने बताए ।
लोअर प्याक्सटन टाउनशिप प्रहरी विभागका प्रहरी अधिकारी रचपक सुवानरुतले टाउनशिपमा साना व्यवसायी सँग काम गर्न आफूहरू उत्साहित भएको बताए । उनले आफ्नो क्षेत्रको व्यवसायीको सुरक्षाका लागि आफूहरूले सबै प्रयास गर्दै आएको ।
भुट्नीज कम्युनीटी अफ सेन्टर पेन्सिल्भेनिया (बीसीसीपीए) का अध्यक्ष युवराज कोइरालाले लक्ष्मी ज्वलर्सले दोस्रो वार्षिक उत्सव मनाएको बधाई तथा शुभ कामना दिए ।
कार्यक्रम व्यावसायी,समाजसेवी तथा भूटानी मानवअधिकारवादी नेता विश्व क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा लक्ष्मी ज्वलर्सको तर्फबाट लोअर प्याक्सटन टाउनशिप प्रहरी विभागलाई एक हजार डलर र बीसीसीपीएलाई पाँच सय डलर प्रदान गरिएको थियो ।
संचालक अधिकारीले समुदाय प्रतिको जिम्मेवारी बोध गर्दै आफूहरूले संस्थागत रुपमा उपहार प्रदान गरेको बताए ।

















