वल्र्डकप खेल्ने ‘होर ई स्पोट्र्स’ को बिदाई

काठमाडौं / पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सको मंगलबार साउदी अरब प्रस्थान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स संघ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडी तथा अफिसियलको बिदाई गरेका थिए ।
खेलाडी तथा अफिसियललाई शुभकामना दिदै सदस्य–सचिव घिसिङले ई स्पोट्र्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन सुभेच्छा दिए ।
उनले विदेशी भुमीमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरुले राम्रो प्रर्दशन गर्ने विश्वास ब्यक्त गरेका थिए । संघका अध्यक्ष अन्जन धमलाले ई स्पोट्र्सको अन्तराष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए ।
पब्जी टिममा खेलाडीको रुपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन् । म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् ।
साउदी अरबमा जुलाई २५ देखि अगष्ट २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई स्पोट्र्स एक्लो टिमको रुपमा छनोट भएको हो । काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहदै होर विश्वकपमा छनोट भएको थियो । झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ ।