बाना नयाँ कार्यसमितिका लागि मतदान शुरु, पहिलो एक घण्टामा तीन सय ५० मत खस्यो
बाल्टिमोर,मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को नयाँ कार्यसमितिका लागि आइतबार बिहानबाट मतदान शुरु भएको छ।
बाना निर्वाचन समितिका प्रमुख डा. कृष्ण ढकालका अनुसार यस पटक चार हजार आठ सय तीन जना मतदाता रहेका छन्।
बिहान आठ बजेबाट मतदान शुरु हुने भनिए पनि केही ढिलो गरी शुरु भएको हो। निर्वाचन कमिटीका अनुसार पहिलो एक घण्टमा तीन सय ५० मत खसेको छ।
एक मिनेटमा नौ जनाले मतदान गर्न मिल्ने गरी व्यवस्था गरिएको छ।बानाको निर्वाचनमा यस पटक तीन समूह प्यानल सहित प्रतिस्पर्धामा छन्।