सबैको लागि न्याय ‘मार्च टु जस्टिस’ अभियान सुरु

Getting your Trinity Audio player ready...
|
काठमाडौँ । आज (शुक्रवार)बाट सबैको लागि न्याय ‘मार्च टु जस्टिस’ भन्ने अभियान सुरु भएको छ ।
दलित लाइभ्स् म्याटरको सह संस्थापक वृद्धिका सेन्चुरीका अनुसार सय दिनसम्म चल्ने अभियान नेपाल सरकारले जातीय विभेद तथा छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ का सन्दर्भमा सुरु भएको बताइन् ।
उनले भनिन्,‘ जातीय विभेदका घटनाहरू भइरहेका छन् । कोही मरिरहेका छन् । कसैलाई आफ्नो ठाउँबाट विस्थापित गरेर अन्यायमा परेका छन् । अहिलेको समयमा पनि जातीय विभेद भन्ने कुरा पुराणमा मात्र सुनिने काल्पनिक कुरा जस्तो लाग्थ्यो । तर अहिले पनि सान्दर्भिक छ । त्यसैले हामीले मार्च टु जस्टिस् सबैको न्यायको लागि भनेर सुरु गरेका छौ । यो अभियान सय दिनको हुनेछ । नेपालले जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन जेठ २१ त्यसको सन्दर्भमा १०० दिनको यो अभियान सञ्चालन गरेका हौ ।’
उनले मुख्य गरी जलवायु परिवर्तनले सीमान्तकृत समुदायमा कस्तो असर परेको छ भन्ने विषयमा काम गरिरहेको जानकारी पनि दिइन् ।
उनले अभियानबाट जात व्यवस्थाले पछाडि परेका समुदायको हक अधिकार र न्यायको लागि सबैजनसँगै उभिन जरुरी रहेको र यस्तै सन्देश अभियानले दिने पनि बताइन् ।