उमेश श्रेष्ठ बने कांग्रेसको कोषाध्यक्ष
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बल्ल केन्द्रीय कोषाध्यक्ष मनोनित गरेका छन् ।
आफ्ना विश्वासपात्र उमेश श्रेष्ठलाई सभापति देउवाले कोषाध्यक्ष बनाएका हुन् ।
देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् ।
श्रेष्ठले लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा रहेर काम गर्दै आएका थिए । यसअघि कांग्रेसमा रहेका उद्यमी नेताहरुले गरिखाने अभियान नै चलाएका थिए । त्यसको पनि नेतृत्व श्रेष्ठले गरेका थिए ।
०७९ को निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । तर, रास्वपाका सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।















