निर्वाचन आयोगले एनआरएनए नागरिकता लिएकाहरूको विवरण माग्यो
काठमाडौँ । निर्वाचन आयोगले गैर-आवासीय नेपाली (एनआरएनए) नागरिकता प्राप्त गर्ने व्यक्तिको विवरण माग गरेको छ।
बिहीबार बसेको आयोगको बैठकले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि एनआरएनए नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण मागिएको हो ।
आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा ऐनबमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ।
गैर आवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था छ ।
आयोगले उक्त व्यवस्थाअनुरूप गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नुपूर्वको सम्बन्धित व्यक्तिको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला निर्वाचन कार्यालयमा यही कात्तिक ५ गतेभित्र उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्नेको नाम मतदाता नामावलीबाट हटाई नामावली अद्यावधिक गरिने आयोगले जनाएको छ ।
आयोगको सूचना ….















