नाइजेरियामा इन्धन भरिएको ट्याङ्कर विस्फोटहुँदा १४० जनाको मृत्यु
काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा इन्धन भरिएको ट्याङ्कर विस्फोट हुँदा १४० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।
जिगावा राज्यको माजिया शहरमा इन्धन ट्याङ्करले अर्को सवारी साधनलाई बचाउन खोज्दा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि ट्याङ्करबाट चुहिएको इन्धन सङ्कलन गर्न पुगेका स्थानीय बासिन्दाहरू विस्फोटको शिकार भएका छन्।
प्रहरी प्रवक्ता लवान शिइसु आदमका अनुसार, स्थानीय बासिन्दाहरू ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्दै गर्दा विस्फोट भएको हो।
विस्फोटमा परि केही व्यक्तिहरू गम्भीर घाइते भएका छन्, र घाइतेहरूको अवस्था चिन्ताजनक रहेकोले मृतक संख्या अझै बढ्न सक्ने सम्भावना छ।