नेपाल प्रिमियर लिग (एनपीएल) का ८ मार्की खेलाडीको घोषणा

Getting your Trinity Audio player ready...
|
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का ८ मार्की खेलाडीको सूची सार्वजनिक गरेको छ।
शुक्रबार क्यानले नेपालका प्रमुख क्रिकेटरहरूलाई मार्की खेलाडीको रूपमा घोषणा गरेको छ। यस सूचीमा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, स्टार लेग स्पिनर सन्दीप लामिछाने, रञ्जनकर्मी कुशल भुर्तेल, आक्रामक ब्याटर आसिफ सेख, तेज बलर करण केसी, मध्यक्रमका बलियो खेलाडी दिपेन्द्र सिंह ऐरी, बहुपरकारी क्रिकेटर सोमपाल कामी, र कुशल मल्लको नाम समावेश गरिएको छ।
यसअघि, क्यानले एनपीएलका लागि ८ फ्रेन्चाईजीको पनि घोषणा गरिसकेको छ। ती फ्रेन्चाईजीहरूमा पोखरा, काठमाडौँ, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर, र कर्णाली समावेश छन्।
नेपालले अमेरिकामा क्रिकेट खेल्ने मिति र ठाउँ सार्वजनिक
एनपीएल आगामी मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म सञ्चालन हुनेछ। यस प्रतियोगिताले नेपालको क्रिकेटमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ, र दर्शकहरूलाई रोमाञ्चक खेलहरूको अनुभव दिने आशा गरिएको छ।