पलेसाले पाइन् सरकारबाट नगद ६५ लाख पुरस्कार
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक जित्न सफल पलेसा गोवर्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज सम्मानित गरे।
मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयअनुसार पलेसालाई ६५ लाख रुपैयाँ पुरस्कार राशीमा कर नकटाइ प्रदान गरिएको हो। यसैगरी, प्रशिक्षक कविराज नेगी लामालाई ५ लाख ८५ हजार रुपैयाँ र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार दिइएको छ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय प्राप्त गरेपछि खेल क्षेत्रमा उत्साह कायम राख्न छिटो-छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति अपनाइएको जानकारी दिए।
उनले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै पलेसाले हासिल गरेको सफलता नेपालको अहिलेसम्मको ठूलो पदक भएकोले देशले गर्व गरेको बताए।
नेपाल प्रिमियर लिग (एनपीएल) का ८ मार्की खेलाडीको घोषणा
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य टङ्कलाल घिसिङ, नेपाल तेक्वन्दो सङ्घका पदाधिकारी लगायत सहभागी थिए।
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ