म्याग्दी समाजले पायो नयाँ अध्यक्ष

बाल्टीमोर/ मेरील्याण्ड निवासी कृष्ण केसी म्याग्दी समाज अमेरिकाको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
मेरील्याण्ड राज्यको बाल्टिमोर स्थित फ्यामेली किचेनमा आइतबार भएको आठौँ साधारण सभाले केसीलाई संस्थाको नेतृत्वमा पदोन्नति गरेको हो। उनी यस अगाडि वरिष्ठ उपाध्यक्ष थिए। समाजको वरिष्ठ उपाध्यक्षमा निलम कुमार थापा निर्विरोध भए। उपाध्यक्षमा सुदर्शन पौडेल र कमल छन्त्याल चुनिए। महासचिवको जिम्मेवारी दिनेश जिसीले पाए।
सचिवमा सन्तोष खड्का ,कोषाध्यक्ष साबि थापा ,सह-कोषाध्यक्ष रेनु सापकोटा चयन भएका छन्।
सदस्यहरू ज्ञानु बानियाँ ,रिना बुढाथोकी, सुजन रामदाम,सज्जन बोहोरा,कमल खत्री,सुरज थापा,दिनेश सुबेदी,अनुषा रिजाल,भुपेन्द्र थापा,सन्दीप कार्की र सुमित शाही निर्विरोध निर्वाचित भए।
सन् २००९ मा स्थापना भएको म्याग्दी समाज अमेरिकाको अधिवेशन हरेक दुई दुई वर्षमा हुँदै आएको छ।
फोटो सौजन्य भीम केसी