एनआरएनए जर्मनीको अधिवेशन अगस्ट ६ तारिखमा

म्युनिख । गैर आवासीय नेपाली संघ जर्मनीको अधिवेशन अगस्ट ६ तारिखमा हुने भएको छ । यस अघि मुद्दा मामिलाका कारण अप्ठेरोमा परेको एनसीसी सवै बाधाहरु फुकाउँदै अघिवेशनको संघारमा उभिएको हो । यसअघि जुलाई ४ मा भएको अधिवेशनमा कोरम (५१प्रतिशत) नपुगेपछि अधिवेशनको बन्द सत्र स्थगित भएको थियो ।
स्थगित बन्दसत्र दुई ठाउँमा १५ जुलाई र ३० जुलाईमा दुई ठाउँमा गरेर अधिवेशन टुंग्याउने तयारी गरिएको थियो । तर यसरी गरिएको अधिवेशनले कानुनी मान्यता नपाउने भएकाले दुवै मितिलाई स्थगित गरेर नयाँ मिति अगस्ट ६ लाई तय गरिएको एनआरएनए जर्मनीले जनाएको छ ।
यसअघिको घटनाक्रम के हो त ?
गत २०१९-२०२१ ले गरेको एनसीसी जर्मनीको अधिबेशन, निर्वाचन दुवै लगायत अन्य केही कुराहरु पनि जिल्ला अदालत मुन्चेनले अवैधानिक भएको फैसला गरिदिएको थियो ।
अदालतको फैसला पछि तत्कालीन निर्वाचित कमिटीका अध्यक्ष मिलन पन्तले आफुले अदालतको निर्णयलाई मानेको जानकारी गराउँदै आफ्नो नेतृत्वमा रहेको कमिटी चलायमान नरहेको घोषणा गरेर संस्थाको थप क्षति रोकेका थिए ।
त्यसपछि २०१९-२०२१ का अध्यक्ष हरीले आफ्नो नेतृत्वमा रहेको कमिटी नै पुन: २०२१-२०२३ का लागि जर्मनीमा कानुन अनुसार दर्ता गराई आई सिसिसँग सम्झौता गरी सदस्यता खुलाइएको थियो ।

नयाँ सदस्यता खुलाएपछि प्रक्रिया पूरा गरेर गत ४ जुलाईमा अधिवेशन सुरु भएको थियो । उक्त अधिवेशनको उद्घाटन सत्र २०२१-२३ का लागि अध्यक्ष हरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भइसकेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारबाट जर्मनीका लागि राजदुत रामकाजी खड्का सहभागी थिए । कार्यक्रममा बिशेष अतिथि संस्थापक सदस्य राम प्रताप थापा, संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ, पूर्व आइसीसी महिला संयोजक उषा शर्माको पनि उपस्थिति रहेको थियो । यसैगरी आइसीसी को तर्फबाट यस नबौं राष्ट्रिय अधिबेशनको लागि पर्यवेक्षक चेक रिपब्लिकका आइसीसी सदस्य चिरञ्जीवी खड्काले आफ्नो बिचार राखेका थिए भने आइसीसीको तर्फबाट आरसी सन्तोष भट्टराई र डीआरसी नबराज रोसयराले कार्यक्रममा आफ्नो मत प्रस्तुत गरेका थिए । पूर्व अध्यक्ष बिजय मोक्तानलाई नै आई सि सि को रुपमा यथास्थितिबारे प्रकाश पार्न कार्यक्रम संचालक महासचिब लोकमणी ढकालले उद्घघाटन समारोहमा अनुरोध गरेका थिए।
महिला सम्योजक करुना राईले उपस्थित हरुलाई स्वागत गरेका थिए भने उपाध्यक्ष दोय निनम्मा राई र शिवकला गुरुङ ले संघ को बारेमा प्रष्ट पारे भने एल सि सि एल हम्बर्गका सम्योजक कल्पना वाग्ले साथै राइनल्यान्ड फाल्स र हेसन का पूर्व सम्योजक दोय डा सुदर्शन आचार्य र राज कुमार खड्का ले आफ्नो मतब्य राखेका थिए।
दोश्रो चरणको बन्दसत्र कार्यक्रममा तत्कालीन निर्वाचन प्रमुख हरेन्द्र वनेमले निर्वाचनबारे कुरा राखेका थिए र आर्थिक विवरणबारे आफुले तयार पारेका प्रतिवेदन महासचिब लोकमणी ढकाल र कोषाध्यक्ष दिपक लामालाई भरत चलाउनेले प्रस्तुत गर्न सहयोग गरेका थिए।
बन्दसत्र अध्यक्ष मण्डल दिल बहादुर गुरुङ रहने गरी सदस्यहरुमा उशा शर्मा, सन्तोष भट्टराई , नब्राज रोशयरा र बिजय मोक्तान मनोनयन गरिएको थियो भने २०२३-२०२५ का लागि उक्त भेलाले संस्थापक अध्यक्ष दिल बहादुर गुरुङ लाई निर्वाचन प्रमुख र आयुक्तहरुमा उशा शर्मा , पुष्प थापा , नबराज रोसयारा तथा बिजय मोक्तान र हरी न्यौपाने लाई प्रस्ताब गरिएकोमा जर्मनी को e.V का बिधान
अनुसार ५१%सदस्यहरु उपस्थित नरहेकोले पुन १५ जुलाईमा हम्बर्ग र ३० मा फ्रन्क्फुर्टमा भेला राखिने तय गरेता पनि कानुनी रुपमा मान्यता प्राप्त नहुने भएकोले उक्त दुबै दिनलाई रद्द गरी आगामी ०६ अगष्टका दिनमा वकिलको परामर्श अनुरुप फरक फरक समयमा एकै दिनमा भेला आव्हान गरिएको छ ।
हाल एन आर एन भित्र देखिएको बिभाजित बितृष्णा र हाम्रो एन सि सि को विधान संशोधन लगायत बिभक्त समाजलाई एक ढिक्का बनाउने फराकिलो उद्देश्यका साथ आपसी सद्भाव, सहकार्य र एकताको अधिबेशनमा उपस्थित हुन सम्पूर्ण सदस्यहरुलाई पूर्व अध्यक्ष बिजय मोक्तानबाट हार्दिक अनुरोध गरिएको छ ।
भेलामा २०२१-२०२३ का लागि भएको तात्कालिन अधिबेशन ,निर्वाचित कार्य समिति भङ्ग गर्दै २०१९-२०२१ हरी न्यौपानेको नेतृत्वमा रहेको कमिटी नै २०२१-२३ का लागि जर्मनी र आई सि सि मा सम्झौता गरी बिधिवत् चलायमान रहेको घोषणा गरियो र सम्पूर्ण अदालतीय खर्च उक्त कमिटिले नै व्यहोर्ने र उम्मेद्बारी बापत बुझाएका रकम फिर्ता चाहनेलाई फिर्ता गर्ने र नलिनेको चन्दा स्वरुप संघकै कोषमा रहने निर्णय गरियो यसरी ढिलो भए पनि अदालत ले गरेका फैसलाहरुलाई कार्यनय गर्ने घोषणा गरेकोमा मुद्दाका प्रतिबादी राज कुमार खड्का ले खुशी ब्यक्त गरेका थिए।