एनआरएनए अस्ट्रियाको अध्यक्षमा ध्रुव निर्वाचित

काठमाडौं । गैर आवासीय नेपाली संघ अस्ट्रियाको अध्यक्षमा ध्रुव बहादुर पौडेल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा २३० मत सहित पौडेल निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी बाबा राजेश्वरी थापाले १४२ मत प्राप्त गरे ।
आईसिसी सदस्यमा मनोज विष्ट २०२ मत ल्याएर निर्वाचित हुँदा अर्का उम्मेद्वार राम बहादुर विश्वकर्माले १८२ मत प्राप्त गरेका थिए ।
त्यसै गरि महिला उपाध्यक्षमा सन्तोषी भण्डारी १९६ मत सहित निर्वाचित हुँदा प्रतिभा कार्कीले १७८ मत प्राप्त गरिन् ।
दुई उपाध्यक्षमा रिम बहादुर खड्का २१५ मत, दविन लामा गुरुङले २१५ मत पाएर निर्वाचित भएका छन् । यसैगरी अर्का उम्मेद्वार दिनेश बैदारले १७४ मत मात्रै प्राप्त गरेर उप विजेता बने ।
महासचिवमा डाइमन्ड राई २११ मत सहित निर्वाचित हुँदा शुभद्रा थापा भण्डारीले १७७ मत गरी निकटतम प्रतिद्वन्दीको रुपमा रहिन् ।
यस अघिनै सचिवमा रिमा विस्ष्ट र ज्ञानेन्द्र बर्तौला, कोषाध्यक्षमा वीरेन्द्र बहादुर पुन , सहकोषाध्यक्षमा राजु रामदान,महिला संयोजकमा निर्मला कार्की, युवा संयोजकमा फुर्वा तामाङ्, युवा सहसंयोजकमा राजिप थेवे र सदस्यमा कुमिर घर्तीमगर निर्विरोध निर्वाचित भएका थिए ।
एनआरएनए अस्ट्रियामा ४४१ जना पन्जिक्रित सदस्यहरु मतदाता रहेका थिए ।