बेलायती पाउण्डको मूल्य हालसम्मकै उच्च
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज बेलायती पाउण्ड अहिले सम्मकै उच्च मूल्यमा पुगेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २९ पैसा र बिक्री दर १६८ रुपैयाँ ०६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८४पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८० पैसा र बिक्री दर १३१ रुपैयाँ ४० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८८पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।














