सरकारको मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त
काठमाडौं । सरकारले मुख्यसचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वर्तमान मुख्यसचिव शंकरदास वैरागीको स्थानमा अर्याललाई नियुक्त गरेको बैठक पछि परराष्ट्रमन्त्री नारायणप्रसाद एनपी साउदले जानकारी दिए ।
बैठकले वैरागीको राजीनामा स्वीकृत गर्दै अर्याललाई वरिष्ठताको आधारमा मुख्य सचिव नियुक्त गरेको पनि मन्त्री साउदले बताए ।
उनले भने ‘बैठकले आगामी असोजमा कार्यकाल सकिन लागेका वैरागीले दिएको राजीनामा स्वीकृत गरेर अर्याललाई वरिष्ठताको आधारमा मुख्य सचिव नियुक्त गरेको हो । वैरागीलाई नयाँ जिम्मेवारी दिदैं राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार नियुक्त गरिएको छ । ’
वैरागीले बिहीबार नै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको सपथ दिलाइएको छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट सपथ लिएका थिए ।
अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवकोरुपमा कार्यरत थिए । तर उनी बिहीबारको मन्त्रिपरिषद्को वैठकमा भने मुख्य सचिवकोरुपमा नै बसेको पनि एक मन्त्रीले बताए ।














