नेपाल काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो
काठमाडौं । उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपाल जारी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो भएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सम्पन्न खेलमा उज्वेकिस्तानलाई ३—२ को सेटमा पराजित गर्दै नेपाल तेस्रो भएको हो । पहिलो सेट २५-२० ले गुमाएको नेपालले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै तेस्रो स्थान हासिल र्गयो ।
दोस्रो सेटमा उज्वेकिस्तानलाई २५-१६ले पछि पारेको नेपालले तेस्रो र चौथो सेटमा क्रमशः २५-१५ र २५-१३ को जित निकाल्यो ।
सेमिफाइनलमा स्थान पक्का गरेका उज्वेकिस्तान र नेपाल अन्तिम खेलमा पराजित हुँदा समूह उपविजेता बनेका थिए ।
आज हुने फाइनलमा भारत र काजकिस्तान उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
भारत समूह ए बाट अपराजित रहँदै फाइनल पुगेको हो । भने, काजकिस्तान समूह बी मा अपराजित रह्यो ।
जेठ ८ गतेदेखि सुरू भएको प्रतियोगितामा नेपालसहित आठ राष्ट्रको सहभागिता थियो ।