नेपाली चलचित्र ‘जारी’ शुक्रवार देखि अमेरिकामा प्रदर्शनी

पेन्सिलभेनिया, अमेरिका / नयाँ वर्षको पहिलो दिन शुक्रवार अमेरिकाका बिभिन्न शहरहरुमा नेपाली चलचित्र ‘जारी’ प्रदर्शनीमा आउने भएको छ।
नेपाल ११ इन्टरटेन्टमेनले जारी चलचित्रको प्रदर्शनी गर्न लागेको हो। कबड्डी शृंखला मेकर्सको पछिल्लो नेपाली चलचित्र ‘जारी’ नेपाल रिलिजसँगै अप्रिल १४ तारकि शुक्रबारदेखि अमेरिकाका १४ स्थानमा रिलिज हुँदैछ ।
कवि तथा लेखक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र जारी न्यूयोर्कदेखि होनोलुलुसम्म प्रदर्शनी हुने छ।
न्यूयोर्क, टेक्सास, क्यालिफोर्निया,ओहायो, ग्रीन्सबोरो नर्थ क्यारोलिना, शिकागो, इलिओनेस र होनालुलु हवाईमा रिलिज हुनेछ।
टेक्सासका तीन सहर रिचर्डसन, प्लानो र युलेस जारी प्रदर्शनी हुने छ। यस्तै क्यालिफोर्नियाका चार सहर रिचमण्ड, फ्रेमोन्ट, सान्ता रोजा र सेक्रेमेन्टोमा रिलिज हुनेछ ।
टिकट बुकिङ कोलम्बस ओहायो र क्लिभल्याण्ड ओहायोमा पनि खुला गरिएको जनाइएको छ। फेयरफ्याक्स भर्जिनियामा अप्रिल १६ तारिक आइतवारमा दुईवटा कार्यक्रमहरू हुनेछन्।
५० भन्दा बढी शोहरू पहिले नै तालिकाबद्ध रहेको र उच्च मागको कारण थप शोहरू थपिने अपेक्षा गरिएको छ। क्यानडाका प्रमुख शहरहरूमा आगामी हप्ता चलचित्र रिलिज हुने जनाइको छ।
दयाहाङ राई, मेरुणा मगर र विजय बरालको मुख्य अभिनय रहेको छ । कबड्डीका रामबाबु गुरुङले यो चलचित्र निर्माण गरेका हुन् ।
यो चलचित्र लिम्बुको जारी संस्कृतिमा आधारित छ जसमा एक विवाहित लिम्बु पुरुषले दम्पतीबीच झगडा भएपछि श्रीमतीलाई फिर्ता ल्याउनको लागि गरेको संघर्षलाई देखाइएको छ ।
चलचित्रको शो टाइम र टिकटका लागि यहाँ क्लिक गर्नु होला
