रवि लामिछानेसँग देश चलाउने क्षमता छैन : गोविन्द भट्टराई

दमौली । नेपाली कांग्रेस नेता तथा प्रतिनिधी सभा उम्मेदवार गोविन्द भट्टराई आफ्नै बारेमा जानकारी नहुने नेताले देश चलाउन नसक्ने बताएका छन् । रास्वपाका सभापति रवि लामिछाने प्रति लक्षित गर्दै भट्टराई नागरिकता लिनु पर्छ भन्ने थाहा नहुनेले देश चलाउन नसक्ने बताए । तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् ।
नागरिकता त्यागि सकेपछि फेरी लिनु पर्छ भन्ने हेक्का नराख्नेले देश चलाउने सामर्थ नराख्ने भट्टराईले बताए। विचार, सिद्धान्त र निष्ठा नभएका व्यक्तिहरु भोट माग्न आउन सक्ने हुँदा सर्तक हुनु पर्ने भट्टराईले बताए । क्षमता हिन युवाले देश चलाउँदा कतिपय देश टुक्रिएको र आन्तरिक द्धन्द्धमा फसेकोले सक्षम नेतालाई भोट दिनु पर्ने भट्टराईको भनाई रहेको थियो ।
मतदाता र विकास गर्ने नेता चाहिने र आफू कुनै पदको रुपमा रहँदा खानेपानी, विद्यालय भवन, मोटरबाटो विद्युतिकरण, पुल, टेलिफोन क्षेत्रमा ठुलो योगदान दिएको र पहल गरेकोले आममतदाताले आफूलाई चाहेको पाएकोले खुसी लागेको भट्टराईले बताए । घरदैलोमा डुल्ने क्रममा कांग्रेस मात्रै नभई फरक पार्टी मतदाताले आफूलाई चाहेको पाएको भट्टराईले उल्लेख गरे ।
आफ्नो प्रतिस्पर्धीहरु जिल्लाको विकासमा कुनै योगदान नदिएका, राजनीति केहो भन्ने थाहा नपाएका भएका हुँदा जीत निश्चित भएको नेता भट्टराईले दाबी गरे ।