अमेरिकामा ‘पार्वती’को प्रदर्शन शुक्रवार देखि शुरू, २१ शहरमा रिलिज
ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली चलचित्र ‘पार्वती’ यही सेप्टेम्बर ११ देखि अमेरिकाका २१ शहरका विभिन्न सिनेमा हलमा प्रदर्शन हुँदैछ। चलचित्रको अमेरिकी वितरण माया डिजिटल युएसएले गरेको हो।
वितरक माया डिजिटलका अनुसार चलचित्रको अमेरिका प्रदर्शनबाट हुने आम्दानीको निश्चित प्रतिशत नेपालका बाढी–पहिरो तथा विपद् पीडितहरूको पुनर्स्थापना तथा सहयोगका लागि प्रदान गरिनेछ।
यसैबीच, पेन्सिलभेनियाको ह्यारिसबर्गमा ‘पार्वती’ दैनिक एक शो राति ८:४५ बजे प्रदर्शन हुने छ।
चलचित्रमा नीता ढुंगाना, अशोक दर्जी, सिरु बिष्ट, राज पंगेनी शर्मा लगायतको अभिनय रहेको छ भने चलचित्रको निर्देशन नीता ढुंगाना अधिकारीले गरेकी छन्।
अमेरिकामा रहेका नेपाली दर्शकलाई चलचित्र हेरेर मनोरञ्जनसँगै विपद् पीडितको सहयोगमा हातेमालो गर्न माया डिजिटल यूएसएले आग्रह गरेको छ।















