चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा
इटहरी । इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाईज र सगरमाथा युथ क्लब भिड्ने भएका छन् ।
इटहरी रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।
आर्मीले आफ्नै पोस्टमा आत्मघाति गोल गरेपछि चर्च ब्वाइजको फाइनल खेल्ने सपना साकार भयो ।
आर्मीका दीपक गुरुङले आत्मघाति गोल गरेका थिए । २२ औं मिनेटमा चर्च ब्वाइजको बेम्पाले प्रहार गरेको बललाई क्लियर गर्ने क्रममा दीपकले आफ्नै पोस्टमा गोल गरे ।
त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा प्रवेश गर्न सफल भयो ।
उपाधि भिडन्त शनिबार हुँदा चर्च व्वाईजले सगरमाथा युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।