अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा प्रवेश
नेदरल्यान्ड्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएका प्रि–क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्ले अमेरिकालाई ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । कलिफा अन्तर्राष्ट्रिय स्टेडियममा नेदरल्यान्ड्सका लागि मेफिस डिपाया, डाले बिलान्ड र डेन्जेल डुम्पेरिसले एक–एक गोल गरे ।
यता अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काए । नेदरल्यान्ड्सका लागि खेलको १० औं मिनेटमा डिपायाले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्ज्यूरी समयमा बिलिन्डले गोल गर्दै नेदरल्यान्ड्लाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाएका थिए ।

अब नेदरल्यान्ड्ले क्वाटरफाइनलमा अर्जेन्टिनासंग खेल्नेछ।