ह्यारिसबर्गमा ‘दशैं तिहार सांगितिक कार्यक्रम’ चर्चित कलाकारको ओइरो
पेन्सिलभेनिया,अमेरिका। पेन्सिलभेनियामा हुने यस पटकको दशै तिहार कार्यक्रममा चर्चित कलाकारको ओइरो नै लाग्ने भएको छ। लोकप्रिय गायक रामकृष्ण ढकाल तथा भ्वाईस अफ नेपाल तीनका विजेता किरण गजमेरका साथ अन्य हस्तिहरुले पनि पेन्सिलभेनियाबासीलाई दशै तिहारको अवसर पारेर भरपुर मनोरञ्जन दिने भएका छन्।
अन्तर्राष्ट्रिय कलाकार समाज (ईनास) पेन्सेलभेनिया अमेरिकाले यो अवसर जुराएको हो। दशैँ-तिहार सांगितिक कार्यक्रममा सेप्टेम्बर अठार तारिक आइतवार साँझ चार बजे देखि ह्यारिसबर्ग स्थित स्कटिस राइट ,क्याथेड्रल (एएएसआर) 2701 N 3rd St , Harrisburg, PA 17110 मा शुरु हुने छ।
गायक ढकाल र गजमेर सहित कार्यक्रममा डान्सकप सिजन चार विजेता रेनुका राई र भ्वाईस कप सिजन दुईका विजेता प्रविण बर्देवाको पनि प्रस्तुति रहने छ।
रेड अशियन मल्टिएकाडमीको सहकार्यमा ईनासले आयोजना गर्ने कार्यक्रमका पूर्ण पारिवारिक हुने संयोजक शंकर कार्की (आलोक)को भनाइ छ। ‘कार्यक्रम पूर्ण पारिवारिक हुने छ, त्यसैले हामीले ढकाल र गजमेर सहित अग्रज लोक गायक प्रेमराजा महत, अहिलेको चर्चित नृत्यङ्गना पार्वती राई र स्थानीय कलाकारको पनि प्रस्तुती राखेका छौं।’ समाज टाइम्स सँगको कुराकानीमा आलोकले भने।
ईनास पेन्सिलभेनियाका उपाध्यक्ष विशाल ढुंगानाले आफुहरु ‘रेडि टू गो’ अवस्थामा रहको बताए। ‘दशैँ-तिहार मिट एन्ड ग्रिट नामाकरण गरिएको कार्यक्रम नेपालीभाषीको बाहुल्यता रहेको शहरमा हुदै छ, हामी उत्साहितका साथ तयारी अवस्थामा छौं।’
ईनासका पेन्सिलभेनियाका अध्यक्ष बिकास घले गुरुङले कार्यक्रममा यस क्षेत्रमा सबैलाई उपस्थितिका लागि आग्रह गरेका छन्। ‘दशै तिहारको जस्तो मुख्य चाड सबै जना एकै ठाँउमा भेला भएर मनाउ भन्ने हाम्रो उद्देश्य हो, म यस क्षेत्रमा बसोबास गर्ने सबै नेपालीभाषीलाई कार्यक्रममा उपस्थित भएर कलाकारहरुलाई प्रोत्साहन र हौशला प्रदान गरिदन हुन आग्रह गर्छु।’
उनले यसक्षेत्रमा बस्ने नेपाल भाषी एकजुट छन् भन्ने सन्देश पनि कार्यक्रमले दिने बताए।
रेड अशियन एकाडमिका सिईओ शन्ति गुरुङका अनुसार कार्यकममा नायक मुकेश धकाल, नयिकाहरु मेलिना मानन्धर, सारङगा श्रेष्ठ,अरुनिमा लम्सालले पनि शोभा दिने छन्। यस्तै मिसनेपाल नर्थ अमेरिकाका विजेता,उपविजेता, स्थानीय समाजसेवी बुद्दिजीबीहरुको समेत उपस्थिति रहने छ।
खसी उपहार जित्ने अवसर
कोषाध्यक्ष दिपेश ढकालका अनुसार कार्यक्रममा खसी जित्ने अवसर पनि हुने छ। प्रवेश शुल्क २५ र डोरसेल ३५ डलर राखिएको छ। टिकट खरिद गर्ने मध्ये एक जनालाई खसी उपहार दिइने छ। तर डोससेलको टिकटले यो ऊपहारमा सहभागि हुन पाऊने छैन ।