डबल बुस्टर लगाएका अमेरिकी राष्ट्रपतिलाई कोरोना संक्रमण,बार्दलीबाट भने: ‘म ठिक छु’
वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ। ‘धेरै हल्का लक्षणहरू’ पछि बिहिबार गरिएको परिक्षणमा बाइडेनमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।
यद्यपी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसको बार्दलीमा उभिएर आफु ठिक रहेको र कामहरु भइरहेको बताएका छन्। भिडियो सन्देश जारी गर्दै राष्ट्रपति स्वयमले आफ्नो स्वास्थको बारेमा जानकारी दिएका हुन्।
बाइडेनको एकाउण्टमा पोष्ट गरिएको भिडियोमा “म तपाईंको सोधपुछ र चिन्ताको साँच्चै कदर गर्छु। तर म राम्रो गर्दैछु, धेरै काम गरिरहेछु।” भनेका छन्।
तर ह्वाइट हाउसले संक्रमणको नयाँ संस्करणले साढे दुई वर्ष पछि सामान्यमा फर्कने राष्ट्रको प्रयासलाई चुनौती दिएको भनेको छ भन्दै एसोसिएट प्रेसले लेखेको छ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन-पियरेले बाइडेनले रोगको गम्भीरता कम गर्न डिजाइन गरिएको एन्टिभाइरल औषधि प्याक्सलोभिड लिन थालेको बताइन। “राष्ट्रपति ह्वाइट हाउसको पारिवारिक क्वार्टरमा एक्लै बसिरहेका थिए र आफ्ना सबै कर्तव्यहरू पूर्ण रूपमा पूरा गर्ने क्रममा थिए।” उनले भनिन्।
राष्ट्रपतिका चिकित्सक डा. केभिन ओ’कनरले हिजो साँझबाट नाकबाट पानी बग्ने, थकान तथा कहिलेकाहीँ सुख्खा खोकी देखिको बताए।
७९ वर्षीय बाइडेनले पूर्ण खोप लगाइएका छन् । कार्यभार सम्हाल्नुभन्दा केही समयअघि फाइजर कोरोना भाइरसको खोपको दुई डोज लगाएका राष्ट्रपतिले, सेप्टेम्बरमा पहिलो बुस्टर शट र मार्च ३० मा दोस्रो शट लगाएका हुन्।
राष्ट्रपति ह्वाइट हाउसका स्टाफका सदस्यहरूसँग फोनबाट सम्पर्कमा रहेको र नियमित बैठकमा फोन र जुममार्फत सहभागि हुने गरेको बताइएको छ।
ह्वाइट हाउसले राष्ट्रपति आफ्नो उपचारका बीचमा पनि काममा व्यस्त रहेको देखाउन फोटो पनि जारी गरेको छ।