पत्रकार सतीश चापागाई, अमेरिकामा डेमोक्रेटिक पार्टी मेरिल्याण्डको केन्द्रिय सदस्यमा निर्वाचित
पेन्सिलभेनिया। पत्रकार सतीश चापागाई अमेरिकी डेमोक्रेटिक पार्टी मेरिल्याण्ड राज्यको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन्।
जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई बाल्टिमोर काउण्टीको ७ए बाट केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन ।
उक्त पदमा सो पार्टीबाट दुईजना पुरुष हुनुपर्नेमा चापागाईको मात्र एकल उमेद्वारी परेपछि उनी निर्विरोध भएका थिए। तर, सोही पदमा दुई महिलाको सिटमा ३ महिलाको मनोनयन परेपछि निर्वाचन भएको थियो । चापागाईसंगै अन्य दुई महिला निना म्याक हग र जुलिया आर सुगर विजयी भएका छन ।
चापागाई नेप्लिज डायस्पोराका सम्पादक हुन । पाल्पाका चापागाईले नेपालमा लामो समय पत्रकारिता गरेका थिए ।
निर्वाचनमा खटिएका स्वयंसेवकहरुलाई चापागाईले धन्यवाद ज्ञापन गरेका छन ।
आफ्नो अमेरिकी राजनीतिको मूल प्रवाहमा आउनुको कारणबारे चापागाईले भने, “हामीले भावी पुस्तालाई बाटो देखाएका हौं । यो यात्रालाई आयतनमा होईन आयाममा नापौं ।”