आईवा उमन वल्ड बक्सिङ्ग च्याम्पियनशिप, मिनु र चन्द्रकला अंकका आधारमा पराजित

Getting your Trinity Audio player ready...
|
काठमाडौं । टर्किको ईस्तानबुलमा जारी आईवा उमन वल्ड बक्सिङ्ग च्याम्पियनशिपमा नेपाली खेलाडी मिनु गुरुङ जापानकी खेलाडी सँग पराजित भएकी छिन्।
मे ९ तारिक देखि जारि च्याम्पियनसिपमा ५० देखि ५२ किलो तौल समुहमा भिडेकी मिनु जापानकी रिन्का किनोसितासँग अंकको आधारमा पराजित भइन।
त्यसै गरी अर्का खेलाडी चन्द्रकला थापा पनि ५४ देखि ५७ तौल समुहमा भारतीय खेलाडी मनीषा सँग अंकको आधारमा पराजित भइन।
रिन्का जापानका च्याम्पियन खेलाडी हुन भने मनिशा सन् २०१८ मा भारतमा भएको वल्ड च्याम्पियनसिपको क्वार्टर फाईनलिष्ट हुन्।


