टेक्सस अस्टिनमा ४४औं विपी स्मृति दिवस मनाइयो
अस्टिन, टेक्सस / नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालालाई सम्झँदै टेक्ससको राजधानी शहर अस्टिनमा आइतबार ४४औं विपी स्मृति दिवस मनाइयो।
नेपाली जनसम्पर्क समिति अस्टिन च्याप्टरको आयोजनामा कार्यक्रम गरिएको हो।
कार्यक्रम जनसम्पर्क समिति अस्टिन च्याप्टरका उपसभापति टुकप्रसाद चापागाईँको सभापतित्वमा भएको थियो। कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका निवर्तमान उपसभापति सिपी पौडेल, गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका उपाध्यक्ष प्रदीप चौलागाईं, ग्रेटर अस्टिन नेपाली समाज अस्टिनका अध्यक्ष पदम ठकुराठी, स्थानीय बुद्धिजीवी दीपक हुमागाईँ, शम्भु दवाडी र झरना अधिकारीले विपीको व्यक्तित्वबारे प्रकाश पारेका थिए।
कार्यक्रम संस्थाका महासचिव तिलक भण्डारीले सञ्चालन गरेका थिए।















