राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा हरि खड्का नियुक्त
काठमाडौं/ नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा सफल खेलाडी हरि खड्का पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी एएफसी एसियाली कप छनोट २०२७ को लागि खड्कालाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
एन्फा महासचिव किरण राईले शुक्रवार खड्कालाई नियुक्ति पत्र दिएका हुन्।
‘हामी राष्ट्रिय टोलीसँग उनको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौँ।’ एन्फाले सामाजिक सञ्जालमा लेखेको छ।
गत फागुनमा मुख्य प्रशिक्षक नियुक्त भएका म्याट रोसले एक वर्ष नपुग्दै बिहीबार राजीनामा पठाएका थिए ।













