तिहार लगत्तै पेन्सिल्भेनियाको ह्यारिसबर्गमा दुर्गेशको प्रस्तुति
ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ अमेरिकामा साङ्गतिक भ्रमणमा रहेका नेपालका चर्चित गायक दुर्गेश थापाले तिहार लगतै पेन्सिल्भेनियाको ह्यारिसबर्गमा प्रस्तुति दिने भएका छन्।
केटीएम इभेन्ट एण्ड इन्टरटेन्टमेन्ट र भट्टी प्यालेसले आयोजना गर्ने कार्यक्रममा दुर्गेशले प्रस्तुति दिने छन्।
आयोजकको तर्फबाट आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अक्टोबर २६ तारिख आइतबार साँझ कार्यक्रम हुने छ।
पत्रकार सम्मेलनमा सुशान्त केसी, गोविन खरेल र दधि ढुङ्गानाले दुर्गेश थापाको लाइभ कार्यक्रमको बारेमा जानकारी दिएका दिए।
कार्यक्रममा साधारण र भिआइपी गरी दुई प्रकाशको टिकको व्यवस्था गरिएको छ।
साधारण तर्फ ६० र भिआइपीमा एक सय ४९ डलरको टिकट मूल्य राखिएको छ।













