मेयर बालेन्द्र र सुधनविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेताहरूले जाहेरी दिएका छन् ।
मंगलबार काठमाडौं प्रहरी परिसरमा पुगी उनीहरू विरुद्ध जाहेरी दिएको अखिलका पूर्व अध्यक्ष समीक बडालले जानकारी दिए । कानुनी राज्यको पक्षधर भएकोले आफूहरूले जाहेरी दिएको बताए ।
‘हामीले जाहेरी दिएका छौँ । २४ घण्टाभित्र सरकारी वकिलसँग सल्लाह गरेर निर्णय लिन्छौँ भन्नुभएको छ,’ उनले भने, ‘हामी कानुनी राज्यको पक्षधर विद्यार्थी संगठन भएको नाताले मुलुकको विधिको शासनको वकालत गर्दै आएको यसलाई प्रशय दिनुहुँदैन भन्ने भएकाले यहाँ उपस्थित भएका हौ।’
उनले सिंहदरबारसहित सरकारी संरचनामा आगजनी, तोडफोड गर्नेहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै प्रमाणसहित प्रस्तुत गरेको बताए ।













