दीपिका र रणबीरको भेटले उत्साहित प्रशंसक
एजेन्सी । बलिउड स्टार दीपिका पादुकोण र रणबीर कपूर हालैको एक दिन मुम्बई विमानस्थलमा सँगै देखिएको दृश्यले चर्चा पाएको छ।
‘ये जवानी है दिवानी’ र ‘तमाशा’ जस्ता फिल्महरूमा अनस्क्रिन केमेस्ट्रीका लागि परिचित यो जोडीको गतिविधिले शुभेच्छुकहरू उत्साहित रहेको एएनआइले लेखेको छ।
दीपिका आकर्षक अफ–ह्वाइट पहिरनमा सजिएकी र रणवीर, सेतो टी–शर्टमाथि क्याजुयल ब्राउन ज्याकेट एवम् चस्माले उनीहरू निकै रोमाञ्चक देखिन्थे ।
यो पुनर्मिलन दीपिकाले फिल्म कल्की २८९८ एडीबाट बाहिरिने घोषणा गरेको केही समयपछि भएको हो । यसैबिच, रणबीरले लभ एण्ड वार र रामायण लगायत विभिन्न परियोजनाहरूमा काम जारी राखेका छन् ।
उनीहरूको छोटो तर मार्मिक भेटले ‘ये जवानी है दिवानी’को सम्भावित सिक्वेलको बारेमा छलफललाई पुनः सुरु भएको छ । प्रशंसकहरूले अनस्क्रिन जोडीको पुनर्मिलनका लागि उत्सुकतापूर्वक आशा गरिरहेका छन्।
(एएनआइ)













