बाना निर्वाचन : श्रीमान् श्रीमती एकै पदमा फरक फरक उम्मेदवारको प्रस्तावक र समर्थक
बाल्टिमोर, मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको निर्वाचनका लागि आइतबार मनोनयन गरिएको छ।
तीन वर्षे कार्यकालका लागि १४ पदका लागि ३० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। जसमा अध्यक्षमा चार जना रहेका छन्।
त्यसमा श्रीमान् श्रीमती एकै पदमा फरक उम्मेदवारको प्रस्ताव र समर्थक बसेका छन्।
बाना निर्वाचन कमिटीका प्रमुख आयुक्त डा. कृष्ण ढकालका अनुसार अध्यक्ष पदका उम्मेदवार जितेन गुरुङको प्रस्तावमा नारायण थापा र समर्थकमा डोलनाथ घिमिरे रहेका छन्।
अध्यक्षकै अर्की उम्मेदवार लक्ष्मी भारतीको प्रस्तावकमा अन्शुया श्रेष्ठ वन्त र समर्थकमा देवब्रत शर्मा रहेका छन्।
अध्यक्षका उम्मेदवार कोसिस भण्डारीको प्रस्तावकमा तीर्थराज पाण्डे र समर्थकमा ध्रुव वन्त रहेका छन्।
अन्शुया श्रेष्ठ बानाकी पूर्व अध्यक्ष हुन्। ध्रुव अन्शुयाका श्रीमान् हुन्।
अध्यक्षकै अर्का उम्मेदवार हिरा गुरुङको प्रस्तावकमा प्रेम कमली र समर्थकमा जनक पौडेल गरेका छन्।
बानाको निर्वाचन अप्रिल ६ तारिख हुँदै छ। बानामा यस पटक पाँच हजार भन्दा धेरै सदस्य रहेका छन्। यो संख्या गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका पछिको सबै भन्दा धेरै हो। एनआरएनए एनसीसी अमेरिकामा १५ हजार भन्दा धेरै सदस्य छन्।
र यो पनि…