पत्रकार ईश्वरीले ल्याइन नैना रेशम

काठमाडौँ/ गायिका ईश्वरी बरालको गीत ‘नैना रेशम’ सार्वजनिक भएको छ।
बरालले स्वर भरेको गीतको शब्द र सङ्गीत सिर्जना राजकुमार बगरले गरेका हुन्। नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र शुरेस कोलीको अभिनय देख्न सकिन्छ।
नैना र रेसमबिचको प्रेमभावलाई देखाइएको उक्त भिडियोको छायाङ्कन उत्तम हुँमागाईंले गरेका छन् भने सम्पादन विकास ढकालले गरेका हुन्।
सञ्चारकर्मीसमेत रहेकी गायिका बरालले यसअघि माया छ कि छैन,खानदानी छोरी,हरेक रात सपनीमा, नरिसाउन होइ लगायतका गीत गाएकी छन्।